२०८२, १५ मंसिर सोमबार

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु


भक्तपुर, ६ भदौ: विसं २०७२ को भूकम्पमा घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका लाभग्राहीलाई सरकारले आजदेखि भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेको छ । डिभिजन वन कार्यालय भक्तपुरले आज काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको काठ वितरण डिपोको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भूकम्प पीडित एवं लाभग्राही भक्तपुर नगरपालिका–५ का कृष्णमाया चिकंबन्जारलाई काठ प्रदान गर्दै काठ वितरणको शुभारम्भ गर्नुभयोे ।

कार्यक्रममा उहाँले भक्तपुरका भूकम्पपीडितलाई काठ लिन अब ललितपुरको बालकुमारीमा धाउनु नपर्ने बताउँदै यहाँबाट शुरु भएको काठ वितरणले लाभग्राहीलाई निकै राहत मिलेको बताउनुभयो । बस्नेतले भन्नुभयो, “भक्तपुरमा भूकम्पपीडितका लागि काठ वितरण शुरु गरियो ।” बस्नेतले सूर्यविनायकमा रु पाँच अर्बको लागतमा आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको राष्ट्रिय प्राणी उद्यानलाई तीन वर्षमै सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताउँदै यस वर्ष सरकारले रु ८३ करोड बजेट दिन लागेको बताउनुभयो ।

कार्यक्रममा डिभिजनल वन अधिकृत फणिन्द्र पोखरेलले लाभग्राहीलाई विगतमा ५० क्युफिट काठ उपलब्ध गराए पनि काठ उत्पादन कम भएकोप्रति लाभग्राही २५ क्युफिट मात्रै काठ उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार बाहिर प्रति क्युफिट रु पाँच हजार ८०० पर्ने काठलाई सरकारले भूकम्प लाभग्राहीका लागि भने रु दुई हजार ७०० मा वितरण गरिरहेको छ ।

भक्तपुरका ५३६ लाभग्राहीले ललितपुरको बालकुमारीबाट ३६ हजार क्युफिट काठ लिएको र काठ माग गर्दै आवेदन दिनेमध्ये बाँकी एक हजार ८१६ लाभग्राहीलाई भक्तपुरबाटै काठ वितरण गरिनेछ । भक्तपुरमा ६०५ क्युफिट काठ आएको जानकारी दिँदै पोखरेलले तत्काल एक लाख क्युफिट काठ माग भएको र सबै लाभग्राहीले काठ माग गरेमा दुई लाख ६० हजार क्युफिट काठ आवश्यक रहने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ८ : ५८ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको