२०८३, २५ श्रावण मंगलबार

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु


भक्तपुर, ६ भदौ: विसं २०७२ को भूकम्पमा घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका लाभग्राहीलाई सरकारले आजदेखि भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेको छ । डिभिजन वन कार्यालय भक्तपुरले आज काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको काठ वितरण डिपोको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भूकम्प पीडित एवं लाभग्राही भक्तपुर नगरपालिका–५ का कृष्णमाया चिकंबन्जारलाई काठ प्रदान गर्दै काठ वितरणको शुभारम्भ गर्नुभयोे ।

कार्यक्रममा उहाँले भक्तपुरका भूकम्पपीडितलाई काठ लिन अब ललितपुरको बालकुमारीमा धाउनु नपर्ने बताउँदै यहाँबाट शुरु भएको काठ वितरणले लाभग्राहीलाई निकै राहत मिलेको बताउनुभयो । बस्नेतले भन्नुभयो, “भक्तपुरमा भूकम्पपीडितका लागि काठ वितरण शुरु गरियो ।” बस्नेतले सूर्यविनायकमा रु पाँच अर्बको लागतमा आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको राष्ट्रिय प्राणी उद्यानलाई तीन वर्षमै सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताउँदै यस वर्ष सरकारले रु ८३ करोड बजेट दिन लागेको बताउनुभयो ।

कार्यक्रममा डिभिजनल वन अधिकृत फणिन्द्र पोखरेलले लाभग्राहीलाई विगतमा ५० क्युफिट काठ उपलब्ध गराए पनि काठ उत्पादन कम भएकोप्रति लाभग्राही २५ क्युफिट मात्रै काठ उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार बाहिर प्रति क्युफिट रु पाँच हजार ८०० पर्ने काठलाई सरकारले भूकम्प लाभग्राहीका लागि भने रु दुई हजार ७०० मा वितरण गरिरहेको छ ।

भक्तपुरका ५३६ लाभग्राहीले ललितपुरको बालकुमारीबाट ३६ हजार क्युफिट काठ लिएको र काठ माग गर्दै आवेदन दिनेमध्ये बाँकी एक हजार ८१६ लाभग्राहीलाई भक्तपुरबाटै काठ वितरण गरिनेछ । भक्तपुरमा ६०५ क्युफिट काठ आएको जानकारी दिँदै पोखरेलले तत्काल एक लाख क्युफिट काठ माग भएको र सबै लाभग्राहीले काठ माग गरेमा दुई लाख ६० हजार क्युफिट काठ आवश्यक रहने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ८ : ५८ बजे

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे