२०८२, ७ बैशाख आईतबार

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु

भक्तपुरका भूकम्पपीडितलाई काठ वितरण शुरु


भक्तपुर, ६ भदौ: विसं २०७२ को भूकम्पमा घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका लाभग्राहीलाई सरकारले आजदेखि भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेको छ । डिभिजन वन कार्यालय भक्तपुरले आज काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको काठ वितरण डिपोको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भूकम्प पीडित एवं लाभग्राही भक्तपुर नगरपालिका–५ का कृष्णमाया चिकंबन्जारलाई काठ प्रदान गर्दै काठ वितरणको शुभारम्भ गर्नुभयोे ।

कार्यक्रममा उहाँले भक्तपुरका भूकम्पपीडितलाई काठ लिन अब ललितपुरको बालकुमारीमा धाउनु नपर्ने बताउँदै यहाँबाट शुरु भएको काठ वितरणले लाभग्राहीलाई निकै राहत मिलेको बताउनुभयो । बस्नेतले भन्नुभयो, “भक्तपुरमा भूकम्पपीडितका लागि काठ वितरण शुरु गरियो ।” बस्नेतले सूर्यविनायकमा रु पाँच अर्बको लागतमा आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको राष्ट्रिय प्राणी उद्यानलाई तीन वर्षमै सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताउँदै यस वर्ष सरकारले रु ८३ करोड बजेट दिन लागेको बताउनुभयो ।

कार्यक्रममा डिभिजनल वन अधिकृत फणिन्द्र पोखरेलले लाभग्राहीलाई विगतमा ५० क्युफिट काठ उपलब्ध गराए पनि काठ उत्पादन कम भएकोप्रति लाभग्राही २५ क्युफिट मात्रै काठ उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार बाहिर प्रति क्युफिट रु पाँच हजार ८०० पर्ने काठलाई सरकारले भूकम्प लाभग्राहीका लागि भने रु दुई हजार ७०० मा वितरण गरिरहेको छ ।

भक्तपुरका ५३६ लाभग्राहीले ललितपुरको बालकुमारीबाट ३६ हजार क्युफिट काठ लिएको र काठ माग गर्दै आवेदन दिनेमध्ये बाँकी एक हजार ८१६ लाभग्राहीलाई भक्तपुरबाटै काठ वितरण गरिनेछ । भक्तपुरमा ६०५ क्युफिट काठ आएको जानकारी दिँदै पोखरेलले तत्काल एक लाख क्युफिट काठ माग भएको र सबै लाभग्राहीले काठ माग गरेमा दुई लाख ६० हजार क्युफिट काठ आवश्यक रहने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ८ : ५८ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका