२०८३, २५ श्रावण मंगलबार

कन्चनपुरमा प्रहरीद्वारा २० राउन्ड हवाईफायर, नेपाल टेलिकमको भवन तोडफोड

कन्चनपुरमा प्रहरीद्वारा २० राउन्ड हवाईफायर, नेपाल टेलिकमको भवन तोडफोड


कन्चनपुर, भदौ ६ । कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्याराको पहिचान गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले बुधबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा स्थानीय दिलीपसिंह विष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै आएका छन् ।

महेन्द्रनगरमा स्थानीय बासिन्दा, विद्यार्थीलगायतको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन भन्दै बुधबार २० राउन्ड हवाईफायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ ।प्रतिकारमा उत्रिएको आक्रोशित भीडले प्रहरीको एउटा गाडीमा तोडफोड गर्नुका साथै नेपाल टेलिकमको भवनसमेत तोडफोड गरिएको छ ।

यस्तै, सरकारी गाडीहरुमासमेत तोडफोड गरिएको छ ।आन्दोलनमा उत्रिएका व्यवसायी, विद्यार्थी तथा स्थानीय बासिन्दाले महेन्द्रनरमा व्यापार व्यवसाय, विद्यालय र राजमार्ग पनि बन्द गराएका छन् ।प्रहरीले बलात्कार र हत्याको अभियोगमा कन्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ‘मानसिकरुपमा अस्वस्थ’ विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । भीमदत्त नगरपालिका–२ की निर्मला गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकोमा ११ गते भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ७ : ३९ बजे

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे