२०८३, ७ कार्तिक शनिबार

कन्चनपुरमा प्रहरीद्वारा २० राउन्ड हवाईफायर, नेपाल टेलिकमको भवन तोडफोड

कन्चनपुरमा प्रहरीद्वारा २० राउन्ड हवाईफायर, नेपाल टेलिकमको भवन तोडफोड


कन्चनपुर, भदौ ६ । कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्याराको पहिचान गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले बुधबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा स्थानीय दिलीपसिंह विष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै आएका छन् ।

महेन्द्रनगरमा स्थानीय बासिन्दा, विद्यार्थीलगायतको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन भन्दै बुधबार २० राउन्ड हवाईफायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ ।प्रतिकारमा उत्रिएको आक्रोशित भीडले प्रहरीको एउटा गाडीमा तोडफोड गर्नुका साथै नेपाल टेलिकमको भवनसमेत तोडफोड गरिएको छ ।

यस्तै, सरकारी गाडीहरुमासमेत तोडफोड गरिएको छ ।आन्दोलनमा उत्रिएका व्यवसायी, विद्यार्थी तथा स्थानीय बासिन्दाले महेन्द्रनरमा व्यापार व्यवसाय, विद्यालय र राजमार्ग पनि बन्द गराएका छन् ।प्रहरीले बलात्कार र हत्याको अभियोगमा कन्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ‘मानसिकरुपमा अस्वस्थ’ विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । भीमदत्त नगरपालिका–२ की निर्मला गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकोमा ११ गते भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ७ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना