२०८२, १ भाद्र सोमबार

पर्सामा प्रहरीले दश लाखको अवैध सामान बरामद

पर्सामा प्रहरीले दश लाखको अवैध सामान बरामद


पर्सा, ६ भदौ पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो ।  भारतबाट अवैध रुपमा भित्र्याइएको विभिन्न किसिमको कपडा तथा भाँडावर्तन भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेको सूचनाको आधारमा छापामारी गर्दा करीब दश लाख मूल्यको कपडा तथा भाँडा बरामद गरिएको सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जनाकारी दिनुभयो ।

उहाँले छापामार्ने क्रममा बरामद गरिएको कपडा तथा भाँडाको कागजात पसलधनी अन्सारीसँग माग्न आवश्यक कागजात उपलब्ध नगराउनुको साथै प्रत्यक्ष सम्पर्कमासमेत नभएपछि बरामद सामग्रीलाई नियन्त्रणमा लिइएको बताउनुभयो । बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : ३४ बजे

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई