२०८२, ७ बैशाख आईतबार

कहिले बन्ला धरहरा र रानीपोखरी ?

कहिले बन्ला धरहरा र रानीपोखरी ?


काठमाडौं, भदौ ६ : २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो । भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि गत साउनमा बोलपत्र आह्वान गर्‍यो । प्राधिकरणले वार्षिक कम्तीमा तीन अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आहन गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्न गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । यद्यपि, प्रक्रिया भने अझै बढ्न सकेको छैन ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ७ : ३९ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका