२०८३, २६ आश्विन मंगलबार

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै : हमास नेता

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै : हमास नेता


गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, ५ भदौ: इजरायलद्वारा गाजा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि लगाउँदै आएको नाकावन्दीको ‘अन्त्य हुन लागेको’ हमास नेता इस्माइल हानियाले मङ्गलबार बताउनुभएको छ । इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरायली तथा प्यालेष्टिनी अधिकारीबीच युद्धविरामका लागि पहललाई तीव्रता दिइराखेका समय प्यालेष्टिनी नेताको उक्त भनाइ आएको हो ।

प्राप्त पछिल्लो सूचना अनुसार गाजाका हमास नेता तथा इजरायलबीच इजिप्ट तथा संयुक्त राष्ट्रसङ्घको पहलमा छलफलहरू भएका छन् । तर छलफलहरू नाकाबन्दीलाई नै अन्त्य गर्ने बिषयमा केन्द्रित नभएर सीमामा भएको इजरायली अवरोधलाई केही खुकुलो पार्नेतर्फ भएको बुझिएको छ । इद अल–आदाको अवसरमा प्रार्थनामा सहभागी हजारौँ प्यालेष्टिनी नागरिकलाई सम्बोधन गर्दै हानियाले भन्नुभयो केही इजरायली तथा प्यालेष्टिनी सञ्चारमाध्यमले केही हप्ता यता प्रस्तुत गरे जस्तो युद्धविराम हुने सम्भावना तत्काल छैन ।

सम्बोधनमा हानियाले इजरायलविरुद्ध प्यालेष्टिनी जनताले गरेको प्रदर्शन र प्रतिरोधको प्रशंसा गर्दै सहभागीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्यालेष्टिनी जनताविरुद्ध इजरायलले गरेका गैरन्यायिक नाकावन्दीको अन्त्यतिर पुगेका छौ ।” कुनैपनि वार्ता राष्ट्रिय सहमति तथा अरब राष्ट्रको सुरुक्षाका लागि हुनुपर्नेछ र यो आवश्यक हो । तर गैरन्यायिक रूपमा एकतर्फी फाइदाका लागि हुने सहमति हमासलाई मान्य नहुने बताउनुभयो ।

हमास नेता हानियाको यो भनाई प्यालेष्टिनी राष्ट्रपति महम्मद अब्वासद्वारा प्यालेष्टिनी अधिकारीको सम्लग्नता विना हुने युद्धविरामले वैधानिकता नपाउने भनी व्यक्त गरेको चासोप्रति सङ्केत गरी आएको हो । पछिल्लो १० बर्षमा अब्वासको फताह र हमासका नेताबीच गहिरो विभाजन देखिँदै आएको छ । गाजा क्षेत्रमा गत मार्चदेखि हमास समूहले गरेको प्रदर्शनमा शुक्रबार दुई जनाको मृत्यु भएसँगै १७१ जनाले ज्यान गुमाइसकेका छन् । उक्त अवधिमा प्यालेष्टिनी प्रदर्शनकारीको गोली लागी एक इजरायली सैनिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : १७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल