२०८२, २ मंसिर मंगलबार

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै : हमास नेता

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै : हमास नेता


गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, ५ भदौ: इजरायलद्वारा गाजा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि लगाउँदै आएको नाकावन्दीको ‘अन्त्य हुन लागेको’ हमास नेता इस्माइल हानियाले मङ्गलबार बताउनुभएको छ । इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरायली तथा प्यालेष्टिनी अधिकारीबीच युद्धविरामका लागि पहललाई तीव्रता दिइराखेका समय प्यालेष्टिनी नेताको उक्त भनाइ आएको हो ।

प्राप्त पछिल्लो सूचना अनुसार गाजाका हमास नेता तथा इजरायलबीच इजिप्ट तथा संयुक्त राष्ट्रसङ्घको पहलमा छलफलहरू भएका छन् । तर छलफलहरू नाकाबन्दीलाई नै अन्त्य गर्ने बिषयमा केन्द्रित नभएर सीमामा भएको इजरायली अवरोधलाई केही खुकुलो पार्नेतर्फ भएको बुझिएको छ । इद अल–आदाको अवसरमा प्रार्थनामा सहभागी हजारौँ प्यालेष्टिनी नागरिकलाई सम्बोधन गर्दै हानियाले भन्नुभयो केही इजरायली तथा प्यालेष्टिनी सञ्चारमाध्यमले केही हप्ता यता प्रस्तुत गरे जस्तो युद्धविराम हुने सम्भावना तत्काल छैन ।

सम्बोधनमा हानियाले इजरायलविरुद्ध प्यालेष्टिनी जनताले गरेको प्रदर्शन र प्रतिरोधको प्रशंसा गर्दै सहभागीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्यालेष्टिनी जनताविरुद्ध इजरायलले गरेका गैरन्यायिक नाकावन्दीको अन्त्यतिर पुगेका छौ ।” कुनैपनि वार्ता राष्ट्रिय सहमति तथा अरब राष्ट्रको सुरुक्षाका लागि हुनुपर्नेछ र यो आवश्यक हो । तर गैरन्यायिक रूपमा एकतर्फी फाइदाका लागि हुने सहमति हमासलाई मान्य नहुने बताउनुभयो ।

हमास नेता हानियाको यो भनाई प्यालेष्टिनी राष्ट्रपति महम्मद अब्वासद्वारा प्यालेष्टिनी अधिकारीको सम्लग्नता विना हुने युद्धविरामले वैधानिकता नपाउने भनी व्यक्त गरेको चासोप्रति सङ्केत गरी आएको हो । पछिल्लो १० बर्षमा अब्वासको फताह र हमासका नेताबीच गहिरो विभाजन देखिँदै आएको छ । गाजा क्षेत्रमा गत मार्चदेखि हमास समूहले गरेको प्रदर्शनमा शुक्रबार दुई जनाको मृत्यु भएसँगै १७१ जनाले ज्यान गुमाइसकेका छन् । उक्त अवधिमा प्यालेष्टिनी प्रदर्शनकारीको गोली लागी एक इजरायली सैनिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : १७ बजे

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा