२०८२, ५ कार्तिक मंगलबार

अमेरिकी दूतावासमा गोली प्रहार

अमेरिकी दूतावासमा गोली प्रहार


अङ्कारा, ४ भदौ टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।

टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो ।  दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई बताउनुभयो । “घटनामा परी कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन, हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौँ, टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौँ,” प्रवक्ताले भन्नुभयो । टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गर्नु भएको छ । अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो । अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको थियो ।

टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १० : २९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,