२०८३, २१ भाद्र सोमबार

परिवारकै लगानीमा निर्माण भयो भ्यूटावर

परिवारकै लगानीमा निर्माण भयो भ्यूटावर


दाङ, ५ भदौ : घोराही उपमहानगरपालिका-१८ मा भ्यूटावर निर्माण गरिएको छ।स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले रु ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन्।

घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो।‘मनदिल पुन’ नामाकरण गरिएको उक्त भ्यूटावरमा सिसीटिभी क्यामेरा र दूरवीन राख्न थप रु पाँच लाख खर्च हुने बताइएको छ । भ्यूटावरबाट एक पटकमा १५ जनाले अवलोकन गर्न सक्नेछन्।

बाउन्न फिट अग्लो सो भ्यूटावर चढ्न सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । सो भ्यूटावरको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गुम्बा समितिले जनाएको छ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : २४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको