२०८२, २० कार्तिक बुधबार

ट्रकको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु


चितवन, ५ भदौ: गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन ।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो । घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ८ : ३२ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज