२०८२, १७ असार मंगलबार

हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने, कसको भाडा कति ?

हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने, कसको भाडा कति ?


काठमाडौँ, भदौ ५ : वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ । सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए।

प्राधिकरणका महानिर्देशक संजिव गौतमले चाँडै हेलिकप्टरले लिन पाउने न्यूनतमदेखी अधिकतम् चार्टर उडान भाडा तोक्ने बताए। ‘फर्जी उद्धार सम्बन्धि सरकारले गरेको अध्ययनको प्रतिवेदन पायौँ,’ महानिर्देशक गौतमले आइतबार बबरमहलस्थित प्राधिकरणमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा भने, ‘हामी नियमनकारी निकाय भएकाले यो विषयबारे नियमन गर्नुपर्छ भन्ने महशुश भएको छ।’

भाडादरबारे हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघसँग पनि छलफल गरी तय गरिने महानिर्देशक गौतमले बताए। कार्यदलको प्रतिवेदनले औंल्याएका विषयमा प्राधिकरणले पनि थप छानविन गर्ने जनाएको छ। ‘बिमा दाबी र विमानस्थलको टेक–लग पुस्तिकामा उडान संख्या फरक परे त्यस्ता एयरलाइन्सलाई कारबाही गरिने छ,’ गौतमले भने।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ६ : २८ बजे

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन