२०८३, १६ बैशाख बिहीबार

तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ

तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ


काठमाडौँ, ४ भदौ : महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेण्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीबाट दुर्लभ वन्यजन्तुको १३ थान हड्डी र रु ३० हजारसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बा७२प ८६०२ नंको स्कुटरमा सवार चिनियाँ नागरिक १८ वर्षीय जाविइ र १९ वर्षीय झाङ युएइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ९ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले