२०८३, २२ आश्विन शुक्रबार

तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ

तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ


काठमाडौँ, ४ भदौ : महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेण्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीबाट दुर्लभ वन्यजन्तुको १३ थान हड्डी र रु ३० हजारसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बा७२प ८६०२ नंको स्कुटरमा सवार चिनियाँ नागरिक १८ वर्षीय जाविइ र १९ वर्षीय झाङ युएइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ९ : ४७ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १