२०८२, १९ कार्तिक मंगलबार

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी


वीरेन्द्रनगर, ४ भदौ: मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपराह्न आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ । आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : १७ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई