२०८२, १४ मंसिर आईतबार

पूर्वराजदूत केशवराज झा मृत अवस्थामा फेला, टाउकोमा छुरा प्रहार

पूर्वराजदूत केशवराज झा मृत अवस्थामा फेला, टाउकोमा छुरा प्रहार


काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झा मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको थापाथलीस्थित निवासमै ८० वर्षीय झा मृत अवस्थामा भेटिनुभएको हो । उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लैजाने तयारी भइरहेको छ । घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा श्रीमती तथा कामदार बस्ने गरेका थिए ।

उनको टाउकोमा छुरा प्रहार भएको चोट देखिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । उनी विश्व सम्बन्ध परिषद्को अध्यक्ष समेत रहेर काम गरेका थिए ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १२ : ४७ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको