२०८३, २९ असार मंगलबार

पूर्वराजदूत केशवराज झा मृत अवस्थामा फेला, टाउकोमा छुरा प्रहार

पूर्वराजदूत केशवराज झा मृत अवस्थामा फेला, टाउकोमा छुरा प्रहार


काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झा मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको थापाथलीस्थित निवासमै ८० वर्षीय झा मृत अवस्थामा भेटिनुभएको हो । उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लैजाने तयारी भइरहेको छ । घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा श्रीमती तथा कामदार बस्ने गरेका थिए ।

उनको टाउकोमा छुरा प्रहार भएको चोट देखिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । उनी विश्व सम्बन्ध परिषद्को अध्यक्ष समेत रहेर काम गरेका थिए ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १२ : ४७ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको