२०८२, २१ असार शनिबार

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !


काठमाडौं, भदौ ४ : त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो ।

केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।

परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार सेमेस्टर सुरु हुँदा कार्यविधि नबनेको र पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएका हुन् ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४९ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न