२०८२, १६ असार सोमबार

बस्नै दिएन कोसीले !

बस्नै दिएन कोसीले !


काठमाडौं, भदौ ४ : कुनै बेलाका जग्गावाल हुन् हरिदास तत्मा । अहिलेको बराह नगरपालिकामा कोशीको पूर्वतर्फ उनको झण्डै एक बिगाहा जग्गा थियो । उनीमात्र होइन, उनका बाबुबाजेले बसाएको त्यो बस्तीमा सयौं घर थिए । सप्तकोशीलाई त्यो चित्त बुझिरहेको थिएन ।पश्चिमतिरबाट बगिरहेको कोशी २०२० सालपछि पूर्वतर्फ फर्कियो । २० वर्षको अन्तरालमा त्यो गाउँका सबै मानिस आफ्नो जग्गा कोशीलाई छाडेर हिँडे । उनीहरूको साथमा थियो त केवल लालपुर्जा ।

अहिलेसम्म पनि उनीहरूले त्यो जग्गाको मालपोत तिरिरहेका छन् । कोशीपूर्वबाट विस्थापित हुनेमा पूर्वमन्त्री रामकुमार सुब्बा र उनको परिवार पनि हो । बस्ती कोशीमा बगेपछि तत्माको ११ जनाको परिवार २३ सालदेखि कोशीले पश्चिमतर्फको श्रीलंका टप्पुमा बसिरहेको छ ।

उनले पछि प्रकाशपुरको चक्रघट्टी बजारमा जग्गा जोडे । ‘यहीँ हुर्कियौं, छोडेर जान मन लाग्दैन’, उनी भन्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । टप्पुमा तीन हजारभन्दा बढी घर परिवारका १० हजारभन्दा बढी मानिस बसिरहेका छन् । सबै खेती र पशुपालनमा निर्भर छन् । तर ती सबै कोशीको धारमा छन् । अर्थात्, उनीहरूलाई जुनसुकै समयमा पनि कोशीले बगाउन सक्छ । कटानकै डरले केहीले टप्पु छाडे पनि अझै धेरै त्यहीँ छन् ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : ५८ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको