२०८२, १ भाद्र सोमबार

प्रवक्ता प्रकाण्ड हिरासतमा, तीन दिनको म्याद थप

प्रवक्ता प्रकाण्ड हिरासतमा, तीन दिनको म्याद थप


बनेपा, भदौ ३ : प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

“जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भन्नुभयो, “फेरी भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ ।” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको बताउनुभयो ।

चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वाेच्च अदालत परिसरबाटै प्रहरीले पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएको हो । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की (जीवन्त) लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ०९ बजे

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ स्थित ऐतिहासिक, धार्मिक

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव

काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरूमा