२०८३, २१ भाद्र सोमबार

पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन

पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन


काठमाडौं, भदौ ३ । पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ ।गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका वडा नम्बर–७ का अध्यक्ष शुद्धकुमार डंगोलले राससलाई जानकारी दिए ।

विद्युत् आएपछि मेचमा प्रवाह भयो ।खाली मेचमा बस्न पुगेका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगिएको थियो ।चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । गन्धर्वको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ ।घटनाका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच छलफल भएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ०७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको