२०८३, २३ आश्विन शनिबार

पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन

पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन


काठमाडौं, भदौ ३ । पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ ।गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका वडा नम्बर–७ का अध्यक्ष शुद्धकुमार डंगोलले राससलाई जानकारी दिए ।

विद्युत् आएपछि मेचमा प्रवाह भयो ।खाली मेचमा बस्न पुगेका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगिएको थियो ।चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । गन्धर्वको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ ।घटनाका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच छलफल भएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ०७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि