२०८३, १५ आश्विन शुक्रबार

शनिबार बिहानदेखि अवरुद्ध महाकाली राजमार्ग पुनःसञ्चालन

शनिबार बिहानदेखि अवरुद्ध महाकाली राजमार्ग पुनःसञ्चालन


बैतडी, ३ भदौ: शनिबार बिहानदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत महाकाली नगरपालिका–७ काँकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आज मध्याह्नदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । लामो प्रयासपछि राजमार्ग सञ्चालन भएको छ, उहाँले भन्नुभयो, “अस्थायीरुपमा सडक सञ्चालन भए पनि वर्षा हुँदा पुनः राजमार्ग अवरुद्ध हुने सम्भावना छ ।”

राजमार्ग सञ्चालन भएपछि जिल्ला भित्रिने तथा बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । सवारीसाधन सञ्चालनमा आएपछि यात्रुलाई आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसअघि पनि मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा पहिरो खस्दा सोमबादेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधबारबाट सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : २७ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र