२०८३, २४ भाद्र बिहीबार

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा


पोखरा, ३ भदौ : संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो ।

सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी सिलिङ्गे शिव मन्दिर भजन समूह गठन गरिएको समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । शालिकराम पौडेलको संयोजकत्वमा गठित भजन समूहका सदस्यमा कमलप्रसाद पौडेल, गुरुप्रसाद पौडेल, सदनकुमार महत, बन्दुराज पौडेल, लोकबहादुर महत, तीलकराम पौडेल, मीनबहादुर विश्वकर्मा, टेकनाथ पौडेल, मेघबहादुर पौडेल क्षेत्री, बाबुराम पौडेललगायत हुनुहुन्छ ।

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको वास्तविकतामा भजन समूह गठन गरी तीनको जगेर्नाको प्रयास शुरु गरिएको भजन समूहका सदस्य कमलप्रसाद पौडेलले बताउनुभयो । समूहले प्रत्येक सङ्क्रान्ति, पूर्णिमा, एकादशीका साथै महत्वपूर्ण पर्वमा परम्परागत बाद्यवादनसहित भजनकीर्तन कार्यक्रम शुरु गरिसकेको छ । तीनवटै पुस्ता एकताबद्ध भई थालिएको संस्कृति संरक्षणको प्रयास उपलब्धिमूलक बन्ने विश्वास लिइएको समूहका अर्का सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

समूहका ज्येष्ठ सदस्यले परम्परागत बाद्यवादन लगायतका विषयमा आफ्ना ज्ञान, सीप र अनुभव बयस्क एवं युवापुस्तालाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । रोजगारीको खोजीमा युवापुस्ता विदेशिनुपर्ने बाध्यतासँगै गाउँमा युवा नहुँदा धेरै संस्कृति संरक्षण नहुँदा सङ्कटमा पर्ने गरेको स्थानीय युवा श्रीलाल विश्वकर्माको भनाइ छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ४७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको