२०८२, २३ मंसिर मंगलबार

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा


पोखरा, ३ भदौ : संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो ।

सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी सिलिङ्गे शिव मन्दिर भजन समूह गठन गरिएको समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । शालिकराम पौडेलको संयोजकत्वमा गठित भजन समूहका सदस्यमा कमलप्रसाद पौडेल, गुरुप्रसाद पौडेल, सदनकुमार महत, बन्दुराज पौडेल, लोकबहादुर महत, तीलकराम पौडेल, मीनबहादुर विश्वकर्मा, टेकनाथ पौडेल, मेघबहादुर पौडेल क्षेत्री, बाबुराम पौडेललगायत हुनुहुन्छ ।

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको वास्तविकतामा भजन समूह गठन गरी तीनको जगेर्नाको प्रयास शुरु गरिएको भजन समूहका सदस्य कमलप्रसाद पौडेलले बताउनुभयो । समूहले प्रत्येक सङ्क्रान्ति, पूर्णिमा, एकादशीका साथै महत्वपूर्ण पर्वमा परम्परागत बाद्यवादनसहित भजनकीर्तन कार्यक्रम शुरु गरिसकेको छ । तीनवटै पुस्ता एकताबद्ध भई थालिएको संस्कृति संरक्षणको प्रयास उपलब्धिमूलक बन्ने विश्वास लिइएको समूहका अर्का सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

समूहका ज्येष्ठ सदस्यले परम्परागत बाद्यवादन लगायतका विषयमा आफ्ना ज्ञान, सीप र अनुभव बयस्क एवं युवापुस्तालाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । रोजगारीको खोजीमा युवापुस्ता विदेशिनुपर्ने बाध्यतासँगै गाउँमा युवा नहुँदा धेरै संस्कृति संरक्षण नहुँदा सङ्कटमा पर्ने गरेको स्थानीय युवा श्रीलाल विश्वकर्माको भनाइ छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ४७ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला