२०८३, ७ कार्तिक शनिबार

इटहरीमा पौतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने वल्डवाइडको घोषणा

इटहरीमा पौतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने वल्डवाइडको घोषणा


इटहरी, ३ भदौ वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको९सिटिइभिटी० सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ ।

वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र सिटिइभिटीको सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।  नेपाली श्रम बजारमा रोजगारीको अवसर छ तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवद्र्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्न उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएका सुनसरी, मोरङ र झापा जिल्लाका सेवा प्रदायक निजी संस्थाले सीपसहितको दक्ष जनशक्ति आपूर्तिकर्ता संस्थाबीच आवश्यकताको सिद्धान्तमा आधारित रहेर सीपयुक्त दक्ष जनशक्ति उत्पादनको पाठ्यक्रम हुनुपर्नेमा जोड दिएको छ । उक्त अन्तक्र्रिया कार्यक्रममा पूर्वाञ्चल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र इटहरीका निर्देशक शिव दाहालले बजारको आवश्यकता र श्रम बजारले चाहेका दक्ष जनशक्ति उत्पादन गर्नका लागि पछिल्लो समयमा जे–जस्ता परिवर्तनको माग आउँछन् त्यहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न सिटिइभिटी तयार हुने विश्वास दिलाउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा वल्डवाइड संस्थाका अध्यक्ष नारायणबाबु श्रेष्ठले सीप भएका दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रदायक संस्थाबीचमा सहकार्य गरेर नेपालको श्रम बजारलाई मजबुद बनाउनका लागि आपसी सहकार्य हुन जरुरी रहेको छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना