२०८३, ३१ भाद्र बिहीबार

कोसी बाढीपीडितको ४० करोड १० वर्षदेखि प्रशासनको खातामा, पीडित भने अझै अस्थायी टहरामा

कोसी बाढीपीडितको ४० करोड १० वर्षदेखि प्रशासनको खातामा, पीडित भने अझै अस्थायी टहरामा


धरान भदौ ३ : कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ ।

सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार परिवर्तन गरेर २ भदौ ०६५ मा पूर्वतर्फको बस्ती छिर्दा सात हजार पाँच सय ७२ घरपरिवारका ४२ हजार आठ सय विस्थापित भएका थिए ।

कोसीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएको थियो । बाढीपछि गठन भएको कोसी बाढीपीडित उच्चस्तरीय आयोगले सरकारसमक्ष साढे नौ अर्ब बजेट निकासा गर्न सिफारिस गरेको थियो । सो पैसा क्षतिपूर्ति, मुआब्जा र त्यस क्षेत्रको विकासका लागि खर्च गर्ने योजना पनि दिएको थियो ।

सरकारले एक अर्ब ६० करोड रुपैयाँको एकीकृत प्याकेजका रूपमा उपलब्ध गराएको थियो । सोमध्ये केही रकम खर्च हुन बाँकी रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । अधिकांश बाढीपीडितले राहत लगिसकेको उनले दाबी गरे ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ३६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक