२०८२, १९ कार्तिक मंगलबार

राष्ट्रपति भण्डारी स्वयम्भूमा, पुनर्निर्मित सम्पदाको अवलोकन

राष्ट्रपति भण्डारी स्वयम्भूमा, पुनर्निर्मित सम्पदाको अवलोकन


काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको आज निरीक्षण गर्नुभएको छ । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो । विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गर्नुभएको थियो । उहाँले सम्पदाको पुनःनिर्माण सम्पन्न गरेकामा सरोकार भएका सबैलाई धन्यवादसमेत दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएका सम्पदाका बारेमा उल्लेख गर्दैे राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताउनुभयो । “हामी केही समयभित्रै पाटन कृष्णमन्दिरको पनि पुनःनिर्माण सम्पन्न गर्दैछौँ । पशुपति क्षेत्रका केही सम्पदा निर्माण सम्पन्न भएको र केही निर्माणका क्रममा रहेका छन् । ती छिट्टै सम्पन्न हुन्छन्”, मन्त्री अधिकारीले भन्नुभयो ।

आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने मन्त्री अधिकारीको भनाइ थियो । अनन्तपुर र प्रतापपुर करीब रु तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको हो । अरु सम्पदाहरु नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनःनिर्माण भएका हुन् । पूर्णरुपमा क्षति भएका र केही आंशिक क्षति भएका गरी १७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : ५० बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई