२०८२, १६ असार सोमबार

खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा

खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा


काठमाडौँ, २ भदौ: गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुक समृद्ध बनाउन खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले खेल क्षेत्रमा रहेका सस्याको समाधान गरी आवश्यक नीति तथा कानून सरकारले बनाउने प्रतिबद्धता जनाउनुभयो । नेपाल अहिले विकासको चरणमा रहेको उल्लेख गर्दै उहाँले युवा र खेल क्षेत्र जोडेर मुलुको विकास गर्न सकिने स्पष्ट पार्नुभयो ।

खेल कूटनीतिमार्फत विश्वका धेरै देशको सम्बन्ध सुधार भएको बताउँदै उहाँले टेबलटेनिस खेलबाट अमेरिका र चीनको सम्बन्ध सुधार भएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पछिल्लो समय खेकूदकै माध्यबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसमेत सुधार भएको हामीले देखेका छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा आभाष प्याकुरेल, ६० केजीमा गौरव श्रेष्ठ, ६५ केजीमा आशिष धेवाजु, ७० केजी समूहमा सञ्जीव श्रेष्ठ ७५ मा मरिचमान लामा र ७५ केजीमाथि उमेश राई च्याम्पियन बने । महिलातर्र्फ पम्फा राईले उपाधि जितिन् । विजेतालाई मन्त्री थापाले प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : १७ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको