२०८२, २२ जेष्ठ बिहीबार

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक


इनरुवा, २ भदौ:अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४÷७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।

गत वर्षको साउनमा ११३, भदौमा ३८९, असोजमा ६२४, कात्तिकमा एक हजार ८९५, मङ्सिरमा एक हजार ५६८, पुसमा दुई हजार ४५५, माघमा एक हजार ८१२, फागुनमा दुई हजार ४०७, चैतमा एक हजार ७९०, वैशाखमा तीन हजार ६६१, जेठमा एक हजार ६७४ र असारमा दुई हजार ४८४ पर्यटक आरक्षमा आएको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

आरक्षमा सबैभन्दा कम साउन महिनामा पर्यटक आएका छन् भने सबैभन्दा बढी बैशाखमा पर्यटक आएका छन् । अर्ना र चराचुरुङ्गीको अवलोकनका लागि आरक्षमा पर्यटक आउने गर्छन् । आरक्षमा आएका पर्यटकहरुबाट रु २३ लाख ५४ हजार ३१० राजश्व संकलन भएको पनि आरक्षले जनाएको छ ।

माछा मार्नका लागि अनुमति
कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको छ । तीन महिनादेखि सप्तकोशी नदी र सीमसार क्षेत्रमा बन्द गरेको माछा मार्ने कार्य खुल्ला गरेको आरक्षका संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिमकुशाहाले सप्तकोशी नदीको कोशी ब्यारेजदेखि चतरासम्म र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको हो । जेठ, असार र साउन तीन महिना माछाको प्रजनन अवधि भएको भन्दै माछा मार्नका लागि आरक्षले निषेध गरिएको थियो । सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएसँगै आरक्षमा अनुमति लिनेहरुको भीड लागेको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ८ : ५६ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक