२०८२, ३ माघ शनिबार

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन


संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ ।८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ ।विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए ।

राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए ।त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको गृहयुद्ध शान्तिपूर्णरुपमा समाधान गर्न भूमिका निभाएका थिए ।

गरिबी र शिशु मृत्युदर घटाउनेलगायतका विषयलाई लक्षित गरी पहिलोपटक तयार पारिएको सहश्राब्दी विकास लक्ष्यलाई उनले आफ्नो कूटनीतिक भूमिकामा ठूलो उपलब्धि मानेका थिए ।उनी सन् २००१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । घानाका नागरिक अन्नान केही वर्षयता जेनेभामा बस्दै आएका थिए । (एजेन्सी)

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ५ : १० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको