२०८२, १६ असार सोमबार

इमरान अहमद खान नियाजी पाकिस्तानी प्रधानमन्त्रीमा नियुक्त महासचिव सियालको बधाई

इमरान अहमद खान नियाजी पाकिस्तानी प्रधानमन्त्रीमा नियुक्त महासचिव सियालको बधाई


काठमाडौँ, २ भदौ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानलाई महासचिव सियालले आज पठाउनुभएको बधाई सन्देशमा उहाँको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास प्रतिविम्बित गरेको बताउनुभएको छ ।

सार्कको स्थापनादेखि नै दक्षिण एशियामा क्षेत्रीय सहयोग सुदृढ तुल्याउन पाकिस्तानले उल्लेखनीय योगदान गरेको बताउँदै सन्देशमा उहाँले सार्क मुलुकका जनताको कल्याणका लागि काम गर्नु सङ्गठनको मूल उद्देश्यमा पाकिस्तानले प्रशंसनीय योगदान गरेको उल्लेख गर्नुभएकोे छ । सार्कको १९ औँ शिखर सम्मेलन यथाशीघ्र इस्लामावादमा आयोजना गर्न उपयक्त वातावरण बन्नेमा आफू विश्वस्त रहेको महासचिव सियालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ४ : ३१ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको