२०८३, २१ श्रावण शुक्रबार

इमरान अहमद खान नियाजी पाकिस्तानी प्रधानमन्त्रीमा नियुक्त महासचिव सियालको बधाई

इमरान अहमद खान नियाजी पाकिस्तानी प्रधानमन्त्रीमा नियुक्त महासचिव सियालको बधाई


काठमाडौँ, २ भदौ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानलाई महासचिव सियालले आज पठाउनुभएको बधाई सन्देशमा उहाँको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास प्रतिविम्बित गरेको बताउनुभएको छ ।

सार्कको स्थापनादेखि नै दक्षिण एशियामा क्षेत्रीय सहयोग सुदृढ तुल्याउन पाकिस्तानले उल्लेखनीय योगदान गरेको बताउँदै सन्देशमा उहाँले सार्क मुलुकका जनताको कल्याणका लागि काम गर्नु सङ्गठनको मूल उद्देश्यमा पाकिस्तानले प्रशंसनीय योगदान गरेको उल्लेख गर्नुभएकोे छ । सार्कको १९ औँ शिखर सम्मेलन यथाशीघ्र इस्लामावादमा आयोजना गर्न उपयक्त वातावरण बन्नेमा आफू विश्वस्त रहेको महासचिव सियालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ४ : ३१ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार