२०८२, २८ पुस सोमबार

मल्लकालीन मन्दिरलाई दुईतले घर दान

मल्लकालीन मन्दिरलाई दुईतले घर दान


पोखरा, २ भदौ ः  पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरलाई बलबहादुर थापाले घर दान गर्नुभएको छ । भारतीय सेनामा कार्यरत धारपानी निवासी थापाले मन्दिर जाने मुख्य चोक मनियलडाँडास्थित दुईतले कच्ची घर मन्दिरलाई दिनुभएको हो ।

उक्त मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलका अनुसार मन्दिर जाने मुख्य चोक साँघुरो भएका कारण सवारी साधन आवतजावत गर्न कठिनाइ भएकाले दानस्वरुप प्राप्त भएको उक्त घरलाई भत्काएर समितिले बाटो विस्तार गर्ने भएको छ ।

घरमा प्रयोग गरिएका सामग्री मन्दिर निर्माणमा उपयोग गरिने र ती सामग्रीको रु ५० हजार मूल्याङ्कन गरिएको जानकारी दिँदै उहाँले थापा दम्पतिलाई समितिले आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

बरकोटका काला जटाभैरवका रूपमा परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको कोटभैरव मन्दिर कास्की दक्षिण भेगको भरतपोखरी र आसपासको महत्वपूर्ण तीर्थस्थल हो । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) मा विशेष पूजा हुने यस मन्दिरमा चैते दशैका साथै विभिन्न समयमा भाकलसहित पञ्चवली गरिन्छ भने प्रत्येक वर्षको साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने गरिन्छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : १० बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई