२०८३, २२ असार मंगलबार

बागलुङमा पहिरोले मानबहादुरको सहारा खोसियो, भाग्यले नाति विनोद भने बाँच्न सफल

बागलुङमा पहिरोले मानबहादुरको सहारा खोसियो, भाग्यले नाति विनोद भने बाँच्न सफल


बागलुङ, २ भदौ : अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न साथ रह्यो, नत बास नै ।
शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ जानुभएको थियो । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै । श्रीमती र बुहारीको वियोगले छट्पटाइरहनुभएका शाहीका आँखा अझै ओभाएका छैनन् । घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ । माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ । “गोठमा रहनुभएका श्रीमानलाई खर्च छोडी आलु ल्याएर मङ्गलबार घर फर्कनुभएको थियो,” धनकुमारीलाई सम्झदैँ छिमेकी जुनविक्रम शाहीले भन्नुभयो, “बुधबार बिहानै दुःखद् घटना भयो ।”
अवोध नाति लिएर भाइको घरमा बस्नुभएका शाहीको पुर्नबासको लागि तयारी भइरहेको वडाध्यक्ष समेत रहनुभएका उहाँले बताउनुभयो । “श्रमदान जुटाएर घर बनाइदिने योजना छ,” उहाँले भन्नुभयो, “जस्ता, फलाम र अन्य निर्माण सामग्रीको खाँचो छ ।’ अस्थायी प्रकृतिको भए पनि घर बनाएर शाहीको परिवारलाई पुनःस्थापित गर्ने सोच स्थानीयवासीको छ । जिल्ला विपद् व्यवस्थान समिति र गाउँपालिकाले राहत रकम प्रदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत रकम रु दुई लाख २० हजार र गाउँपालिकाले रु ७५ हजार उपलब्ध गराएको छ । थप राहत जुटाउन पहल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । “शाही परिवारमा परेको दुःख, पीडामा गाउँपालिका साथमा छ’’ उहाँले भन्नुभयो, “तत्कालीन राहत उपलब्ध भएको छ, दिर्घकालीन व्यवस्थापनमा पनि सघाउँछौं ।’’ वडा कार्यालय र गाउँपालिकाकाले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।

 

 

 

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ८ : ०९ बजे

मधेस बाहेक ६ प्रदेशमा सरकार हेरफेरको तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको पूर्वसहमतिअनुसार

संविधान संशोधन बहसपत्र कार्यदलबाट तीन दल बाहिरिए

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलबाट

नक्कली शरणार्थी प्रकरण : ७ जनालाई सफाइ, अरू दोषी ठहर 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

बहुमूल्य बोधिचित्तको कारोबारमा प्रहरी संलग्नताको आरोप, किसान र व्यवसायी चिन्तित

काभ्रे । काभ्रेका किसानहरूको प्रमुख आम्दानीको स्रोत बन्दै गएको बुद्धचित्त

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेस

काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न