२०८२, ३१ भाद्र मंगलबार

गाउँले धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई पुनर्निर्माण प्राधिकरणले पनि ठग्यो

गाउँले धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई पुनर्निर्माण प्राधिकरणले पनि ठग्यो


दोलखा, भदौ २ : खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन् । पतिको अंशमा आएको यही एउटा झुपडी र केही पाखो बारी छ । पति काठमाडौंमा भारी बोक्थे । आफूले सामान्य खेतीकिसानी र ज्यालामजदुरी गरेर चाजना सन्तान हुर्काउँदै थिइन् उनी। जेनतेन गुजारा चलिरहेको थियो। यत्तिकैमा २०७२ वैशाखको भुइँचालोले उनीहरुको सानो संसार नराम्ररी हल्लाइलियो। केही समय पाखोमा त्रिपालमुनि बसे उनीहरू। छिमेकी सबैले अस्थायी कटेरो बनाए तर उनले त्यो पनि बनाउन सकिनन्। भरथेग केही थिएन्। पार्वतीको यो परिवार २०७२ भदौतिर फेरि त्यही धराप घरमै सर्न बाध्य भयो।

भुइँचालोपछि पार्वतीका श्रीमान केशव राजधानी छोडेर गाउँ फर्किए। दुखःमाथि दुःख थपिँदै गएका कारण केशवलाई मानसिक तनाव बढ्दै गयो। उनलाई डराउने रोग लाग्योे। केही समयपछि उनी थला परे। गाउँका स्वास्थ्यकर्मीले उपचार गर्न राजधानी लैजान सुझाए। पैसा थिएन्। श्रीमान्को रेखदेखमै पार्वती घिमिरेको दैनिकी चल्दै थियो।खरको छानो छाउन नसक्ने पार्वतीलाई घर बनाउन असम्भव थियो। भुइँमा ओछ्यान हालेर सबै एकसाथ सुत्थे। भुइँचालो गएकै सालको पुसमा ठन्डी बढ्दै गयो। केशवलाई व्यथाले च्याप्यो। त्यही पुसको ११ गते पार्वतीले श्रीमान गुमाइन। छोराछोरी टुहुरा भए। उनको जीवनमा ठूलै बज्रपात आइलाग्यो। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सपनामा तुषरापात
भूकम्पलगत्तै सरकारले पीडितलाई घर बनाउन अनुदान दिने घोषणा गर्यो। भत्केका घर नाप्न र जाँचबुझ गर्न गाउँमा प्राविधिक आए । पार्वतीको घर पनि नापेर फोटो खिचेर लगे उनीहरूले । पहिलो चरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूची प्रकाशित ग(यो। उनले तत्कालीन गाविस कार्यालय पुगेर सूची हेरिन् । ससुरा, जेठाजुसहित सबै छिमेकीको नाम आयो । उनको नाम आएन् । गाउँकै जानेबुझेकासँग सोधीखोजी गर्न लगाइन् उनले। सुझाएअनुसार गुनासो फारम भरिन् । फेरि अर्कोपटक प्राविधिक गाउँ आए ।

भत्केको घर हेरे । गाउँमा प्रायःले धराप घर भत्काएर पन्छाउन सुरु गरिसकेका थिए । पार्वतीलाई गारो चर्किएको झुपडीमा बसेको भनेर ती प्राविधिकले किन यस्तो घरमा बसेको भनेर गालीसमेत गरे । उनले आफ्नो वेदना पनि पोखेकी थिइन् । प्राविधिक फर्किए। अब त नाम आउला कि भनेर ढुक्क भइन् उनी । प्राधिकरणले गाउँमा सूची पठायो । उनको नाम थिएन् । गाउँमा घरै नभएका राजधानी बस्ने छिमेकीको नाम भने सूचीमा थियो।

केही दिनपछि वडा कार्यालयमा अर्को सूची आयो । पार्वतीको नाम मर्मत गरेर बस्न मिल्ने सूचीमा आएछ । गाउँका अगुवालाई बुझ्न लगाउँदा प्राविधिकले पार्वतीको घर भत्के पनि उनी सोही घरमा बस्दै आएको भनेर प्रतिवेदन दिएका कारण प्राधिकरणले उनको घर मर्मत गरेर बस्न मिल्ने भनेर प्रबलीकरणमा राखेर पठाइदिएको रहेछ। तीन लाख रुपैयाँ अनुदान पाइएला र घर बनाउँला भनेर कुरेर बसेकी पार्वतीको त्यो सपनामा पनि तुषरापात लाग्यो। रमेश खतिवडा

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : २२ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न