२०८२, २१ असार शनिबार

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?


काठमाडौं, भदौ २ : संसदीय सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीसमा अस्वीकृत भएलगत्तै सर्बोच्च अदालतका न्यायाधीश दीपकराज जोशी विदामा बसे । कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । विदा आगामी भदौ ४ गते(सोमबार) मा सकिदैछ ।

उनी बिदामा बसेपछि बरीयताक्रममा उनीमुनीका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार विहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् ।बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागु भएको अवसर पारेर संचिवालयमार्फत सन्देश जारी गरे ।

जहाँ उनको परिचय छ ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद ।’ फौजदारी र देवानी संहिता लागु भएको अवसरमा उनको संदेशको मुल आशय, ‘न्यायका मान्य सिद्धान्तहरुको परिपालनको गन्तब्यको पहिलो पाइला बनोस ।’नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा, काम गर्न असमर्थ भएमा, विदा बसेमा वा नेपाल बाहिर भएर उपस्थित हुन नसक्ने अवस्था भएमा बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने उल्लेख छ ।कायममुकायको हैसियतमा रहेका जोशी विदामा बसेपछि सो संवैधानिक व्यवस्थाअनुसार उनीमुनीका न्यायाधीश मिश्र स्वतः कायममुकायम हुन्छन् ।
-राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : ५३ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न