२०८२, ३१ असार मंगलबार

अब समूहगत रुपमा कर्मचारी खटाइने

अब समूहगत रुपमा कर्मचारी खटाइने


काठमाडौं, भदौ २ : केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो । प्रदेशमा सचिवस्तरको कर्मचारी खटाउने अधिकार भने केन्द्र आफैले नै राखेको छ । प्रदेश सरकारमा केन्द्रका सहसचिव नै सचिव हुने प्रावधान छ ।

प्रदेश मातहत दरबन्दी सिर्जना गरिएका राजपत्राकिंत दोस्रो श्रेणी उपसचिव र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुष्ठ रुपमा प्रदेश सरकारलाई पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
– नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : ३३ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे