२०८२, १० कार्तिक आईतबार

नेपालको नयाा संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास : प्रदेश प्रमुख बाबुराम कुँवर

नेपालको नयाा संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास : प्रदेश प्रमुख बाबुराम कुँवर


पोखरा, १ भदौ  : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकी देवानी र फौजदारी संहितालाई आत्मसात् गरी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज पोखरामा आयोजित मुलुकी देवानी, फौजदारीलगायतका संहितासम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा यसअघि रहेका असमान कानूनी व्यवस्थालाई विस्थापित गरी समान बनाउने उद्देश्यले सो संहिता ल्याइएको स्पष्ट पार्नुभयो । प्रदेश प्रमुख कुँवरले शोषणरहित गतिशील न्यायपूर्ण समाज निर्माणमा संहिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यो संहितालाई समाजले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संहिताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै यसले जनताको अधिकारलाई स्थापित गरेको बताउनुभयो ।

उहाँले कानूनी शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै आवश्यक कानून निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारले हालसम्म १७ वटा कानून निर्माण गरिसकेको जानकारी दिँदै संहिताले नयाँ र क्रान्तिकारी कदमका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

उच्च अदातल पोखराका मुख्य न्यायाधीश कुमार चुडालले यस संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास व्यक्त गर्दै कर्तव्य पूरा गरेर अधिकार खोज्ने संस्कारको विकास हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ११ : २१ बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम