२०८३, ३१ जेष्ठ सोमबार

नेपालको नयाा संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास : प्रदेश प्रमुख बाबुराम कुँवर

नेपालको नयाा संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास : प्रदेश प्रमुख बाबुराम कुँवर


पोखरा, १ भदौ  : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकी देवानी र फौजदारी संहितालाई आत्मसात् गरी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज पोखरामा आयोजित मुलुकी देवानी, फौजदारीलगायतका संहितासम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा यसअघि रहेका असमान कानूनी व्यवस्थालाई विस्थापित गरी समान बनाउने उद्देश्यले सो संहिता ल्याइएको स्पष्ट पार्नुभयो । प्रदेश प्रमुख कुँवरले शोषणरहित गतिशील न्यायपूर्ण समाज निर्माणमा संहिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यो संहितालाई समाजले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संहिताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै यसले जनताको अधिकारलाई स्थापित गरेको बताउनुभयो ।

उहाँले कानूनी शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै आवश्यक कानून निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारले हालसम्म १७ वटा कानून निर्माण गरिसकेको जानकारी दिँदै संहिताले नयाँ र क्रान्तिकारी कदमका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

उच्च अदातल पोखराका मुख्य न्यायाधीश कुमार चुडालले यस संहिताले युगान्तकारी परिवर्तन हुने विश्वास व्यक्त गर्दै कर्तव्य पूरा गरेर अधिकार खोज्ने संस्कारको विकास हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ११ : २१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क