२०८३, ११ श्रावण मंगलबार

नेपालको समृद्धिका लागि सूचना प्रविधि आवश्यक, भित्र मध्यपहाडी जिल्लाहरुमा अप्टिकल फाइबर जडान गरिने स् प्रधानमन्त्री

नेपालको समृद्धिका लागि सूचना प्रविधि आवश्यक, भित्र मध्यपहाडी जिल्लाहरुमा अप्टिकल फाइबर जडान गरिने स् प्रधानमन्त्री


काठमाडौ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो । विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ वितरण गर्नुभयो । उहाँले विभिन्न आठ विधामा आइसिटी अवार्ड प्रदान गर्नुभएको हो । आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिलाई, आइसिटी प्रडक्ट अवार्ड इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफाईलाई र आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल कम्युनिकेशन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ । यसैगरी डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरीलाई र आइसिटी मिडिया अवार्ड नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने तथा नयाँपत्रिकाका पत्रकार गोपाल साउदलाई प्रदान गरिएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनेतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै यो अवार्डले सूचना क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो । आइसिटी क्षेत्रको विकास र विस्तारका लागि रचनात्मक गतिविधि आवश्यक रहेको पनि उहाँले बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीलगायतले सरकारले सूचना प्रविधिलाई उच्च महत्व दिई काम गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : ५८ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि