२०८३, १२ आश्विन मंगलबार

दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, प्रचलित कानून र संविधान प्रदत्त अधिकारको आधारमा कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह

दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, प्रचलित कानून र संविधान प्रदत्त अधिकारको आधारमा कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह


काठमाडौँ, १ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।”

अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताउनुभयो । जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ, उहाँले भन्नुभयो, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुननसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ ।”

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुुङ्गानाले साउन महिनाको राजश्व स¬ङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । साउन महिनामा रु २५ अर्ब २५ करोड खर्च भएको जसमध्ये चालु खर्च रु २४ अर्ब ६६ करोड, पूँजीगत खर्च रु १ अर्ब ३२ करोड भएको छ । त्यसैगरी प्रदेशलाई सर्शत र समानीकरण अनुदान रु ७ अर्ब ५६ करोड तथा स्थानीय अनुदान सर्शत र समानीकरण रु ११ अर्ब ७६ करोड वितरण गरिएको छ ।

अर्थमन्त्रालयले यस अवधिमा योगदानमा आधारित निवृत्तिभरण कोष, भुक्तानी तथा फछ्र्यौट, बीमा सम्बन्धी कानूनलाई संशोधन एकीकरण, र सङ्घीय लेखापरीक्षणसम्बन्धी विधेयक छलफलका लागि संसदमा पठाएको छ । त्यसैगरी, लगानीसम्बन्धी कानून संशोधन र एकीकरण, सङ्घीय आर्थिक कार्यविधि, गैर बैंकिङ वित्तीय संस्थाको नियमन गर्ने निकाय स्थापना गर्ने कानून, सार्वजनिक संस्थान सञ्चालन तथा व्यवस्थापन गर्ने कानून र विदेशी विनिमय नियमित गर्ने कानूनको अन्तिम मस्यौदा तयार गरिएका छन् ।

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७५।०७६ को आम्दानी र खर्चको विवरण बजेट वक्तव्यमा घोषण गरिएका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा रोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, उद्यमशील महिला समूह कर्जा, दलित व्यवसाय कर्जा र उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा उपलब्ध गराउन एकीकृत कार्यविधिको अन्तिम मस्यौदा तयार गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ८ : ०२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय