२०८३, ६ कार्तिक शुक्रबार

सार्वजनिक यातायातमा स्मार्ट कार्ड लागू

सार्वजनिक यातायातमा स्मार्ट कार्ड लागू


काठमाडौँ, १ भदौ : साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरुप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ । यो कार्ड बसका सहचालकसँग किन्न सकिनेछ ।

दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिनेछ । पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ । दोस्रो, बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ । जसमा टिकट प्रिन्ट हुँदैन र त्यो केवल कार्ड भएको ग्राहकले मात्र गर्न सक्नेछन् । कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइस मात्र प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ३४ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल