२०८३, २५ श्रावण मंगलबार

सार्वजनिक यातायातमा स्मार्ट कार्ड लागू

सार्वजनिक यातायातमा स्मार्ट कार्ड लागू


काठमाडौँ, १ भदौ : साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरुप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ । यो कार्ड बसका सहचालकसँग किन्न सकिनेछ ।

दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिनेछ । पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ । दोस्रो, बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ । जसमा टिकट प्रिन्ट हुँदैन र त्यो केवल कार्ड भएको ग्राहकले मात्र गर्न सक्नेछन् । कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइस मात्र प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ३४ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री