२०८२, ११ चैत्र बिहीबार

हुम्लामा बाढी पहिरोबाट १८ घरमा क्षति, क्षतिको यर्थात तथ्यांक आउन बाँकी

हुम्लामा बाढी पहिरोबाट १८ घरमा क्षति, क्षतिको यर्थात तथ्यांक आउन बाँकी


हुम्ला, १ भदौ : अविरल वर्षाका कारण हुम्लाका विभिन्न गाँउपालिकामा घरजग्गालाई क्षति भएको छ । साउन १ गतेदेखि निरन्तर परेको पानीले सिमिकोट गाउँपालिकामा नौ घर, नाम्खा गाउपालिकामा चार, खार्पुनाथ गाउपालिकामा दुई, सर्केगाड गाउपालिकामा तीन गरी १८ घरमा वर्षाले क्षति पु¥याइएको जनाएको छ । विभिन्न गाउँपालिकाबाट क्षतिको यर्थात तथ्यांक आउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयले तत्काल १८ घर परिवारलाई प्रति व्यक्ति रु तीन हजार ९१६ का दरले रु सात लाख पाँच हजार वितरण गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी हुम्लाले आफ्नो शाखा र उपशाखा कार्यालयमार्फत बाढी पीडितलाई तत्काल लत्ता कपडा, भाँडाकुँडा, कम्बल र पाललगायत सामग्री वितरण गरेको शाखाका मन्त्री छेपाल दोर्जे लामाले बताउनुभयो ।

यसैगरी अविरल वर्षाका कारण उत्तरी सिमामा पर्ने सिमिकोट गाउँपालिका¬–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफायाको दुई कोठा भत्किएको छ भने अन्य भवनहरुमा चर्किएर क्षति भएकाले विधालयमा पठनपाठन अवरुद्ध भएको शिक्षक बाचबहादुर विकले बताउनुभयो ।
–––

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ६ : ५८ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे