२०८२, ८ माघ बिहीबार

नयाँ मुलुकी ऐन जारी भएको चौविस घण्टा नहुदै संसोधनको माग, प्रेस स्वतन्त्रताविरोधि ऐन नसच्याए पत्रकार महासंघले आन्दोलन गर्ने चेतवनी

नयाँ मुलुकी ऐन जारी भएको चौविस घण्टा नहुदै संसोधनको माग, प्रेस स्वतन्त्रताविरोधि ऐन नसच्याए पत्रकार महासंघले आन्दोलन गर्ने चेतवनी


काठमाडौं, भाद्र १ । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता विरोधि प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुक्रबारबाट लागू गरिएको नयाँ मुलुकी ऐनका २ सय भन्दा बढि प्रावधान प्रेस स्वतन्त्रताविरोधि रहेको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।

उनले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान संविधान र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित आएको दावी गर्दै तत्काल नसच्याई महासंघ सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।अध्यक्ष आचार्यले ऐनका सकारात्मक पक्षलाई आफूहरुले विरोध नगरेको पनि स्पष्ट पारे । तर प्रेसविरोध प्रावधान भने हटाउन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले विद्युतीय कारोबार ऐनको मारमा परेका पत्रकारहरुलाई सरकारले थप पीडा दिने प्रावधानसहित नयाँ मुलुकी ऐन ल्याएको भन्दै आक्रोश पनि व्यक्त गर्नु गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका कामको आशय तलमाथि नहुने गरी व्यंग्य गर्ने अधिकार पत्रकारहरुलाई रहनेतर्फ पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ५ : ४२ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित