२०८२, २२ जेष्ठ बिहीबार

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच


जाजरकोट, १ भदौ: इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो । भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्षअघि शुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय दिनेश श्रेष्ठले बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच शुरु हुने बताउनुभयो । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलङ्गामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ । नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ ।

विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समयमा स्थानीय बासिन्दाको बेवास्ताले लोप हुन थालेको छ । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलङ्गा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको पुराना बुढापाकाको भनाइ छ ।

लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रङ्गका मुखुण्डो लगाएका भप्पु र अन्य हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ११ : ५९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक