२०८२, ११ चैत्र बिहीबार

बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरीआमा, पुस्तक हुनुपर्ने हातमा लालाबाला

बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरीआमा, पुस्तक हुनुपर्ने हातमा लालाबाला


मुगु, भदौ १ : खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड (साविकको खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालत मुगुका प्रमुख जवाहरप्रसाद सिंहले बताए । कानुनी रूपले कोही कसैले २० वर्ष पूरा नभई विवाह गरेमा विवाह दर्ता नहुने, श्रीमानके नाममा महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नमिल्ने ऐनमा उल्लेख भएको उनको भनाइ छ । तर, कानुनविपरीत यहाँ विवाह गर्नेको संख्या बढिरहेको छ ।

पुस्तक हुनुपर्ने हातमा लालाबाला
स्यान खत्याड ५ लमेरा गाउँकी १७ वर्षीया कल्पना बुढा आमाबुबाको काखमा रमाउने र कापीकिताब च्यापेर विद्यालय जाने वेला वैवाहिक बन्धनमा बाँधिएर बालबालिका स्याहार्न बाध्य छिन् । उनको काखमा नौ महिनाको छोरा छ । बिहे गरेको वर्ष दिनमै छोरा जन्मेको उनले बताइन् । ‘अघिल्लो सालको एसइईमा २ विषयमा फेल भएँ, यो वर्ष सानो छोरो हँुदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘दुःख त लाग्छ, पढाइ छुट्यो, केही थाहा नभएर बिहे गरियो । बच्चा जन्मियो । विद्यालय जाने मन अझै छ ।’

कल्पनाजस्तै कोटिल्ला–५ की २१ वर्षीया इन्दिरा बुढाले ६ वर्षअघि भागेर विवाह गरेकी थिइन् । अहिले उनका ३ वर्षीकी छोरी र ९ महिनाको छोरो छ । यतिवेला घरको काम र छोराछोरीको स्याहारमा जुटेकी छिन् । ‘१३ वर्षको कलिलो उम्मेरमा भागेर बिहे गरियो, आमाबुबाको काखमा रमाउने वेला अर्काको घरको झमेलामा डुबियो,’ उनले भनिन् । कल्पना र इन्दिरा मात्रै होइनन्, मुगुका गाउँमा यस्ता पीडा भएका किशोरीआमा प्रशस्तै भेटिन्छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ५४ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे