२०८२, १५ मंसिर सोमबार

प्रदेश २ सरकारले ल्याएको ‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !

प्रदेश २ सरकारले ल्याएको ‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !


काठमाडौं, भदौ १ : प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ । कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन । ‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ ।

प्रदेश सरकारका सयदिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, कार्यक्रम सुरु भएको एक महिनाभन्दा बढी भए पनि गुनासा सम्बोधन भएका छैनन् । मुख्यमन्त्री राउतले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमका लागि छुट्टै डेस्कको व्यवस्था गर्नेसमेत घोषणा गरेका थिए । उनले आर्थिक अनियमितता र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने पनि बताएका थिए । तर, अहिलेसम्म पनि छुट्टै डेस्क स्थापना हुन सकेको छैन ।

टोल फ्री नम्बर दर्ता–चलानी शाखामा राखिएको छ । तर, फोन उठाउने कर्मचारीको व्यवस्था छैन । सो शाखाका कर्मचारीले फुर्सदमा मात्र फोन उठाउँछन् । एक कर्मचारीले भने, ‘कार्यालय समय १० देखि ४ बजेसम्ममा दैनिक आधा दर्जनजति फोन आउँछन्, तर समस्या र गुनासो टिप्न सकिरहेका छैनाँै ।’ उनले प्रायः भ्रष्टाचार, महिला हिंसा, दुर्घटनाका विषयमा गुनासो आउने बताए । – नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ०३ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको