२०८३, १ भाद्र मंगलबार

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा


बैतडी, ३० साउन: विगत तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो ।

बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो । राजमार्ग सञ्चालनमा आएपछि विगत तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : १३ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक