२०८३, १५ भाद्र मंगलबार

गुम्बाविहार पुनःनिर्माणको माग

गुम्बाविहार पुनःनिर्माणको माग


काठमाडौँ, ३० साउन : भूकम्पले भत्किएका गुम्बा÷विहारको पुनः निर्माण छिटो गर्न माग गर्दै आज यहाँ प्रदर्शन गरियो । नेपाल गुम्बा÷विहार महासङ्घको नेतृत्वमा भएको प्रदर्शन भृकुटीमण्डप–भद्रकाली–शहीदगेट–नेपाल वायु सेवा निगम–जमल–घण्टाघरहुँदै शान्तिवाटिकामा पुगेर सम्पन्न भयो ।

भूकम्पले भत्किएका एक हजार ३२० गुम्बा÷विहारको सर्वेक्षण गरिएकामा ८९५ पुनः निर्माण गर्नुपर्ने प्रतिवेदन तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले सार्वजनिक गरेको थियो ।

यसैगरी ३३१ गुम्बा÷विहारको मर्मतसम्भार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनमा बौद्ध धर्मगुरु, गुम्बा÷विहारका अधिकारी लगायतको सहभागिता थियो । ¥यालीपछि आयोजित कार्यक्रममा पूर्वमन्त्रीत्रय दिलमान पाख्रिन, परशुराम तामाङ र आङछिरिङ शेर्पाले गुम्बा÷विहार र आदिवासी जनजातिलाई सरकारले फरक व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभयो ।

महासङ्घका अध्यक्ष सोम्वले तामाङ र महासचिव रामेश्वर ढकालले छिटो पुनः निर्माणको योजना सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्नुभयो । गत वर्ष महासङ्घले नै आन्दोलन गरेर गुम्बा÷विहारको सर्वेक्षण भएको थियो । एकाईले महासङ्घसँग छबुँदे सम्झौता गरी पुनः निर्माण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको महासङ्घले जनाएको छ । -रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : २२ बजे

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट

बाढीपीडितलाई एमालेले १ करोड २० लाख दिने घोषणा, ओलीको प्रश्न-राहत कोषमा पैसा देखाउने कि पीडितको हातमा पुर्‍याउने ?

काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती