२०८२, १५ मंसिर सोमबार

उखु किसान अनशनमा

उखु किसान अनशनमा


कपिलवस्तु, ३० साउन: कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् ।

कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् । कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।

अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन् । अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ६ : १५ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको