२०८२, १७ फाल्गुन आईतबार

बाढीले दुईवटा पुल बगायो, एकजनाको मृत्यु

बाढीले दुईवटा पुल बगायो, एकजनाको मृत्यु


जाजरकोट, साउन ३० । नलगाड नगरपालिका–५ कालिमाटीमा गएराति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो ।

बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए । सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ ।

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  १२ : ०६ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल