२०८२, २ मंसिर मंगलबार

जनताको कर, जनप्रतिनिधिको रजाइँं

जनताको कर, जनप्रतिनिधिको रजाइँं


नेपालगन्ज, साउन ३०: रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष खर्कबहादुर पुनले वडाका सडक निर्माणमा यसपालि आफ्नै डोजर प्रयोग गरे । वडामा मात्र नभएर सिंगो गाउँपालिकाबाट यो विषयमा गुनासो आयो । तर, सरोकारवालाले कुनै हस्तक्षेप गरेनन् । कारण गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन स्वयंले डोजर भाडामा लिएर घुमाउरो बाटोबाट काम गरिरहेका थिए । स्थानीयका अनुसार माडी गाउँपालिकामा कतिपय जनप्रतिनिधिले असारअघि आफैं डोजर भाडामा ल्याइसकेका थिए।

थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर र माडी गाउँपालिका अध्यक्ष नन्दबहादुरले विकास निर्माणका काममा आफन्तमार्फत डोजर सञ्चालन गरेका हुन् । उता गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले पनि यसपालि विकास निर्माणमा आफ्नै डोजर प्रयोग गरे । विवाद आएपछि उनले स्थानीय चुनाव हुनुअघिदेखि नै डोजर रहेको तर चुनाव जितेपछि अरूलाई दिएको बताए । सडक, पुल, भवनलगायत संरचना बनाउन डोजर प्रयोग गर्दा कम्तीमा तीनवटा डोजर कम्पनी वा मालिकबीच प्रतिस्पर्धा गराउनुपर्छ । तर, व्यवहारमा आफूखुसी गरिएको छ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३० बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी